नदिपुरमा जमिन भासियो, तीन घरमा क्षती (तस्बिर हेर्नुस्)

पोखरा । पोखरा नदिपुरमा जमिन भासिएको छ ।

अविरल वर्षापछि नदिपुरमामा जमिन भासिदाँ तीन वटा घरमा क्षती पुगेको छ ।

देउ वहादुर पुन , छवि बहादुर पुन र बल बहादुर पुनको घरमा क्षती पुगेको छ भने सडकको बिचसम्म जमिन चर्किएको छ ।

पोखरामा बुधवार साँझदेखी भीषण वर्षा भएको थियो । गतसाता मात्रै अविरल वर्षापछि पोखराको महेन्द्रपुलमा जमिन भासिएको थियो ।

पोखराका नदीपुर, बाटुलेचौर, लामाचौर, चिप्लेढुंगा, गैह्रापाटन, न्युरोड, छोरेपाटन, विन्ध्यवासिनी लगायत क्षेत्र कमजोर रहेकोका कारण जमिन भासिने गरेको भुगर्भविद्हरु बताउँछन् ।

कमेन्टहरु
Loading...