दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन मन्त्रिपरिषद् बैठक बोलाइयो

सरकारले आज नै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।

राष्ट्रपती समक्ष अध्यादेश सिफारिस गर्नका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

स्रोतका अनुसार २५ प्रतिशत मात्रै राखेर आज नै अध्यादेश राष्ट्रपती समक्ष सिफारिस गर्ने तयारी रहेको छ ।

सोमबार संसदको अधिवेशन अन्त्य गरि दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यरामा एकताका पक्षमा दृढ रहन कार्यकर्तालाई आव्हान समेत गरेका छन् ।

एमाले स्थायी कमिटीको बैठक ११ बजे बस्दैछ भने संसदीय दलको बैठक ३ बजे बस्ने तयारी छ ।

कमेन्टहरु
Loading...