लायन्स क्लबद्वारा मन्दीर परिषरमा वृक्षरोपण

पोखरा । पोखरा महानगरपालिका वडा नंं. २५ वास्तोला कुल मन्दीर परिषरमा सोमबार वृक्षरोपण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लालिगुरास, लायन्स क्लब अफ पोखरा नर्थ र लायन्स क्लब अफ पोखरा सेतोगुरासको आयोजनामा मन्दीर परिषरमा वृक्षरोपण कार्यक्रम गरिएको हो ।

मन्दीर परिषरमा वेलपत्र, अमला, तेजपत्ता, हर्रो वर्रो, कल्की फूल, कपुर, चाप पैयू, अम्बा, अनारका विरुवा रोपिएको लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष कपिलदेव शर्माले जानकारी दिए ।

कार्यक्रममा बोल्दै रिजन चेयरपर्सन जिवन गोर्खालीले रोपेका विरुवाको संरक्षण भएमा मात्रै लक्ष्य प्राप्त हुने बताए ।

जोन चेयरपर्सन केशवशरण पौडेलले वातवरण स्वच्छ र हरियाली बनाउने काम वृक्षरोपणले गर्ने बताए ।

वास्तोला कुल सेवा समितिका अध्यक्ष राजेन्द्रप्रसाद वास्तोलाले रोपेको विरुवाको संरक्षण गर्न समिति सधै लागि पर्ने विश्वास दिलाए ।

लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष कपिलदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष मिनराज तिमिल्सिना, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिना, लायन्स क्लब अफ पोखरा सेतोगुरासका अध्यक्ष वसन्तराज बास्तोला, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, द्धितीय उपाध्यक्ष विकास पुडासैनीलगाएतले आफ्नो धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...