गायक सन्तोष बस्यालको स्वरमा ‘माछापुच्छ्रे हिमचुलीको’ (भिडिओ)

पोखरा । संचारकर्मी तथा गायक सन्तोष बस्यालको स्वर रहेको गीत माछापुच्छ्रे हिमचुलीको भिडिओ सार्वजनिक भएको छ ।

पोखराको सौन्दर्य समेटिएको गीतलाई रामजी घिमिरेले लेखेका हुन् ।

गायक बस्यालसंगै शर्मिला अधिकारी,सविन गायक र वर्षा क्षेत्री फिचर्ड भिडिओको निर्देशन नेत्र गुरुङले गरेका हुन् ।

सागर शाहको संगीत रहेको गीतको भिडिओ सम्पादन निर्देशक गुरुङले नै गरेका हुन् ।

गीतलाई नेत्र इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कमेन्टहरु
Loading...