हुम्लामा विमान अवतरण गर्ने क्रममा टायर पन्चर्ड, दुर्घटनाबाट जोगियो सीता एयर

हुम्लाको सिमकोट विमानस्थलमा आज बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट जोगिएको छ ।

सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको हो । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो ।

विमानमा सवार चालक दलका सदस्य सकुशल रहनुभएको छ । चालक दलका सदस्यमात्र रहेको सीता एयरको नाइनएनएएचडी डोनिएर विमान रहेको छ ।

विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षति नभएको विमानास्थलले जनाएको छ ।

कमेन्टहरु
Loading...