मुल बाटोबाट म फेरी आउनेछुः केपी शर्मा ओली

राजु गिरी, पोखरा । प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु मुल बाटोबाट फेरी आउने बताएका छन् । आज प्रतिनिधिसभामा सम्वोधन गर्दै पुर्व प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

जनताको सेवाको निम्ती आफु जन्मिएको बताउँदै उनले फेरी आफु असाधारण जनमतबाट फेरी नेतृत्वमा आउने दावी गरेका छन् ।

‘म यो देश र जनताको सेवाको निम्ती जन्मिएको जस्तो लाग्छ, मप्रधानमन्त्री हुन जन्मेको होइन, तर जनादेशले बनायो । म परमादेशबाट होइन, जनादेशबाट प्रधानमन्त्री भएको थिए ।’ उनले भने– ‘म झ्यालबाट होइन, जालझेलबाट होइन, भेन्टीलेसनबाट होइन, म मुल बाटो, मुल गेट, मुल ढोका बाट आउनेछु । फेरीपनि सुने हुन्छ म मुल ढोकाबाट असाधारण जनमतबाट आउनेछु ।’

नेपाली जनताले काम हेरेर आफुलाई प्रधानमन्त्री बनाएको बताए । उनले भने –‘मेरो काम हेरेर नेपाली जनताले प्रधानमन्त्री बनाएका हुन् । म कुनै जाली मुद्दाबाट पनि प्रधानमन्त्री भएको थिइन् । मैले पाएको जिम्मेवारी जनताले दिएको जनादेश थियो । यो खोसिएको छ । त्यो पनि अदालतले । यस्तो रेकर्ड विश्वमा कहि कतै देखेको, सुनेको छैन । तर यसलाई शब्द शब्द मुल्यांकन हुनेछ । यसो भनिरहदा म प्रधानमन्त्रीबाट हट्नुमा कुनै चिन्ता होइन । मेरो चिन्ता संस्थाको विस्वासमा कमि नआओस् भन्ने हो । मेरो चिन्ता लोकतन्त्रमा छ । मेरो चिन्ता गठबन्धनको गलत संस्कृतितर्फ गएकोमा हो । स्वार्थ र अलोकतान्त्रिक तर्फ गएकोमा हो । यसले विकासलाई अगाडी लान सक्दैन ।’

कमेन्टहरु
Loading...