‘बोलमायादेखि कुरा बुझ्नपर्छसम्म’…सामाजिक मुद्दामा प्रकाश सपूत

गीतसंगीत भनेको मात्र मनोरञ्जन हो भनेर बुझ्नेहरुको संख्या समाजमा बाक्लो छ । सबै खालका गीतसंगीतमा अश्लीलता देखाएर भाइरल हुने होडबाजी चलेको समयमा आफ्नै लयमा बढिरहेका सर्जक र गायक हुन् प्रकाश सपूत ।

गीतको शब्दमा ख्याल नगरी म्युजिक भिडियोमा लाखौं खर्च गरेर चर्चा कमाउनेहरुको अगाडी गायक प्रकाश सपूत शब्द र गीतका भिडिओहरुले सामाजिक बिषयलाई पनि गीतसंगीतमा प्रयोग गर्न सकिन्छ भनेर प्रमाणित गर्दै आइरहेका छन् ।

हाम्रो यात्राको सुरुवातमा नै रोजगारीका लागि देश छाड्नेहरुको कथालाई गीत बनाएर प्रकाशले देश छाड्नुपर्ने बाध्यताको बिरुद्ध राज्यलाई जेहाद नै छेडेका थिए । त्यस लगत्तै मौलिक संकृतीहरु उजागर गर्दै परम्परागत लोक संस्कृतीलाई उजागर गर्दै मौलिक दोहोरी पस्केका थिए । गायक सपूतले बलत्कारका घटना बढ्दै गर्दा नारीवादी दृष्टिकोणबाट प्रेरित भएर उनले नयाँ गीतमार्फत चेतना छर्ने काम गरे ।

समाजमा सीमान्त भनेर हेपिएका आवाजबिहिनहरुको आवाज गीतसंगितमार्फत बाहिर ल्याएर निरन्तर सामाजिक बिषयहरुमाथी बहस चलाईरहे । तिजको छेको पारेर गायक सपूतले शुक्रबार सार्वजनिक गरेको कुरा बुझ्न पर्छ गीत मार्फत लैङ्गीक र बर्गीय बिभेदका बिरुद्धमा नयाँ बहसको थालनी गरेका छन् ।

सुचना र प्रबिधिले बिकास गरेको यो समय पुस्तकबाट टाढा रहेको युवापुस्तालाई गीतसंगीतमार्फत बहसमा सहभागी गराउन गायक सपुत सफल भएका छन् । कला साहित्य समाजको ऐना हो भन्ने परम्परागत मान्यतालाई तोड्दै सपूतले गीतसंगीतमार्फत आजको पुस्तालाई सामाजिक मान्यताका बिरुद्ध प्रश्न गर्न र प्रतिरोध गर्न सिकाएका छन् ।

गीतसंगीत चल्न उत्ताउलो शब्द , केटीको छात्ती र नितम्ब देखाउन पर्छ भन्ने मान्यतालाई तोड्न सफल भएमा गायक तथा सर्जक प्रकाश सपूतलाई धन्यबाद । आगामी दिनमा जीवन झन सिर्जनशिल बन्दै जाओस ।

कमेन्टहरु
Loading...