केशव र यशोदाको स्वरमा तिजगीत ‘घरमै बस’ सार्वजनिक (भिडिओ)

पोखरा । गायक तथा सर्जक केशव घिमिरेले हरितालिका तिजको अवसरमा ‘घरमै बस’ बोलको गीत सार्वजनिक गरेका छन् ।

घिमिरेसंगै गीतमा गायीका यशोधा कार्कीको स्वर रहेको छ ।

गायक घिमिरेको शब्द ,लय रहेको गीतलाई चन्दन डिजिटल म्युजिक प्रा.लिले बजारमा ल्याएको हो ।

चन्दन म्युजिकको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको गीतलाई गणेश सापकोटाले खिचेका हुन् भने गायक घिमिरेले निर्देशन गरेका हुन् ।

भिडिओलाई सुवास अम्गाईले सम्पादन गरेका हुन् । भिडिओमा गायक घिमिरेसंगै संगीता सुवेदी र विकास कार्की फिचरिङ छन् ।

करिब १ सय ५० भन्दा बढि गीत सार्वजनिक गरिसकेका घिमिरे पोखरामा रहेर विगत २० वर्षदेखी सांगितिक तथा व्यबसायिक यात्रामा निरन्तर लागिरहेका छन् ।

कमेन्टहरु
Loading...