पुम्दिकोटको विशाल शिव मूर्ति धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तब्य

पोखरा । गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधिन ५२ फिट अग्लो शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने बताएकी छिन् ।
शिव मूर्तिको अवलोकन गर्दै प्रदेश प्रमुख पौडेलले पोखरा पर्यटकको उत्कृष्ट गन्तब्य रहेको र विशाल शिव मूर्तिले धार्मिक पर्यटकलाई आर्कषित गर्ने बताएकी हुन् ।

उनले नेपाल प्राकृतिक सांस्कृतिक एवम धार्मिक रुपमा धनि रहेकाले यसको विकास र संरक्षणमा ध्यान दिन सके अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिन् । कोरोनाका कारण धेरै मानिसहरुले शान्त र आध्यात्मिक ठाउँहरुको खोजी रहेको जनाउँदै उनले कोरोना कम हुँदै गएपछि यस क्षेत्र धार्मिक एवम् अन्य पर्यटकको लागि समेत रोजाइमा पर्ने उनको विश्वास थियो ।

पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवम् परिकल्पनाकार चन्द्रकान्त बरालले सो मुर्तिको बारेमा प्रदेश प्रमुखलाई विस्तृत जानकारी गराएका थिए । बराललका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको २२ रोपनी जमिनलाई तीस वर्षकालागि भोगाधिकारको लिएर मूर्ति निर्माण गरिएको हो । नेपालकै अग्लो दाबि गरिएको सो शिव मूर्ति ४० करोड लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएकोसो कार्यका लागि हालसम्म २० करोड खर्च भइसकेको छ । हिल ट्याङ्क प्रालिका प्रबन्ध निर्देशक कमल जैनले सो शिवको मूर्ति प्रदान गरेका हुन् ।

भारतको मथुराबाट ल्याइएको सो मूर्ति बाहिर फाइबर र भित्र स्टीलबाट निर्माण गरिएको छ । पर्यटकको बसाईं लम्बाउनुका साथै धार्मिक पर्यटकीय गन्तब्यको लागि उत्कृष्ट गन्तब्य बन्ने विश्वास अध्यक्ष बरालको छ ।

संघ सरकार, प्रदेश सरकार र पोखरा महानगर पालिका लगायत विभिन्न ब्यक्ति र संस्थाहरुले आर्थिक सहयोग गरेको बरालले जानकारी दिए । समितिले मूर्ति निर्माणका लागि २०७३ सालमा महायज्ञ लगाएर ६ करोड भन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो । मूर्ति पाँच वर्ष भित्र निर्माण कार्य सक्ने लक्ष्य लिए पनि आर्थिक अभाव र कोरोनाका कारण निर्माण कार्य केही ढिला हुन पुगेको उनको भनाइ छ । अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगबाट आसपासको जंगलका जंगली जनावरको गतिविधिलाई समेत नियाल्न सकिने छ । शिवको वृहत चिनारी सहित १ सय ८ शिवलिङ्ग, १ सय ८ स्वर्गद्धारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङ स्थल, लगायतका संरचना निर्माण गर्ने योजना रहेको सुनाए ।

पुम्दीकोट धार्मिक रुपमा समेत शक्ति पिठ भएको जनाउँदै शिव मूर्ति निर्माणले यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्दै लैजाने उक्त वडाका अध्यक्ष मित्रलाल बरालले जानकारी दिए । बरालका अनुसार पोखराको मुख्य बजारबाट करिब १५ किलोमिटरको दुरीमा रहेको सो स्थानबाट हिमश्रृङखला फेवाताल लगायतका मनोरम दृश्य देख्न सकिन्छ ।

 

कमेन्टहरु
Loading...