खनाल –नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेकपा (एमाले)को संस्थापन पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल –माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ ।

आज सो समूहको बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए ।

एमालेको संस्थापन पक्षले महाधिवेशन आयोजक कमिटी भङ्ग गरी शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।

कमेन्टहरु
Loading...