क्वालिटी अफ लाईफ सारङ्गकोटद्वारा स्वास्थ्य सामग्री प्रदान

क्वालिटी अफ लाईफ सराङ्गकोटले स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री सहयाेग गर्दै

पोखरा ।

क्वालिटी अफ लाईफ सराङ्गकोटले गुल्मिको एक गाउँपालिका स्थित स्वास्थ्यचौकीलाई २ वटा कन्सन्ट्रेसन मेसिन सहित आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
एक्काइस वर्षदेखी समुदायमा सञ्चालन हुँदै आएको उक्त सामाजिक संस्थाले गुल्मेली समाज पोखराको समन्वयमा गुल्मी जिल्लाको काली गण्डकी गाउँपालिकाको पूर्तिघाटमा रहेको स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

संस्थाले दुई वटा कन्सन्ट्रेसन मेसिन, पिपिई सेट, (डिस्पोजेवल एण्ड नन डिस्पोजेवल) भिटामिन डि, सी ट्याब्लेट, विभिन्न आवश्यक औषधिहरु, अक्सीमिटर, थर्मामिटर, जिङ्क ट्याबलेट, प्यारा सिटामोल,सेनिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, फेससिल्ड, डिस्पोजेवल एण्ड नन् डिस्पोजेवल पञ्जा गरी संस्थाले रु ५ लाख ८५ हजार रुपैयाँ बराबरको सहयोग उक्त स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट टेक्निसियन सुदर्शन श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

शर्माले गुल्मेली समाज पोखरा लगायत यस कार्यक्रमलाई सहयोग गर्ने क्वालिटी अफ लाईफ बेल्जियम, लुङ्गता नेपाल बेल्जियम र सहयोगी हातहरुको साथ विकट र सहयोग पुग्न नसकेको ठाउँमा सहयोग गरेर सामाजिक उत्तरदायित्व र मानवीय कर्तव्य पुरा गरेको बताए ।

उहाँका अनुसार एक्काइस वर्षदेखि समुदायमा सञ्चालन हुँदै आएको सामाजिक संस्था दिवा शिशु स्याहार केन्द्र, विपन्न, गरिब असहाय र अपाङ्गता भएका बालबालिकाहरुको लागि निःशुल्क शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा साथै २०७२ सालको विनाशकारी भुकम्प पीडित र बाढीपहिरोपीडितहरुको लागि पनि राहत कार्यक्रम गर्दै शर्माले जानकारी गराए ।

समाजका अध्यक्ष भानुभक्त भण्डारीले विश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड १९ को पहिलो र दोस्रो भेरियन्टले विश्व नै आक्रान्त भैरहेको अवस्थामा उपलब्ध विकट गाउँको स्वास्थ्य चौकीमा गरिएको स्वास्थ्य सामग्री सहयोगले विरामीको जीवन बचाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा गुल्मेली समाज पोखराका पूर्व अध्यक्ष बाबुराम बराल, , क्वालिटी अफ लाईफ सारङ्गकोट नेपालका पूर्व कोषाध्यक्ष एवम् बरिष्ठ सदस्य गोबिन्दराज पहारी लगायतको उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...