‘विश्वविद्यालयलाई मेरो प्रश्न’

  • सामना रेग्मी l

भो राजनीतिका कुरा नगरौं यसपाली, किनकी भताभुङ्ग भएर टालटुल गरेको इजार बिनाको कट्टु के कोट्याउनु । आफै मक्किदै झर्दै गरेको केराको कुनै अर्थ देख्दिन् ।

एक महिनाकी नबजात छोरी च्यापेर परिक्षाको तयारीमा छु। त्यो पनि नामले कहलिएको पोखरा विश्वविद्यालयमा जहाँ जन्मदै भिसी र रजिस्ट्रार नियुक्ति हुदैन र भैनै हालेमा बल्खु सानेपा र पेरिसडाडाको दौडमा दक्षता हासिल गर्नै पर्छ।

कोभिडले बिश्वको करीब २१.५% जनसंख्या प्रत्यक्ष प्रभावित छ भने बिश्वको आर्थिक वृद्धिदर २०१९को भन्दा झन्डै ०.२४% ले ह्रास भएको  विभिन्न डाटाले देखाएको छ। विकसित देशहरुमा त त्यति धेरै प्रत्यक्ष असर गरेको देखिदैन  तर बिकाशोन्मुख र बिकासशिल देशको अर्थतन्त्र उठ्नै नसक्ने गरि थला परेको छ।त्यसोत नेपालले गत बर्ष भन्दा यसपटक ११.७% वृद्धि गरि नया बजेट ल्याएको छ।

शिक्षा आफैमा एक नरोकिने यात्रा हो , म र मजस्तै लाखौं विद्यार्थीहरु यहीँ  यात्री बनेर रफ्तार बढाएका छौ। के गर्नु मैले मात्र गियर बदलेर हुने रहेन्छ भन्ने कुरा चार बर्षे मेरो स्नातक तह पाचौं बर्षमा प्रवेश गरेको छ। बिश्वका कहलिएका ठुला बिश्वबिद्धालयले कुनै यर लस हुन नदिने गरि आफ्नो शैक्षिक क्यालेन्डर तयार पारे  तर मेरो बिधालयलाई पहिले नै बैकल्पिक माध्यमबाट परिक्षा सन्चालन गरेर मार्ग प्रशस्त गरौ भनेर मौन आन्दोलन भए तर के गर्नु कोरोनाको डरले आटिमा लुकेका मेरा अभिभावक कानमा तेल हालेर बसेपछि हबिगत यस्तै न हुने हो।

तर  ढिलै भए पनि अहिले परिक्षाका निम्ति बैकल्पिक माध्यम प्रयोग गर्न खोजिएको छ, तर ” कहि नभएको जात्रा हाम्रै बिधालयमा” आफैले बनाएको नियमको धज्जी उडाउदै कार्यबिधिमा कठिनाइ पैदा गराइएको छ। हामिले खुल्ला बिश्वबिद्धालयको आभ्यास गरीरहेका छौ र त्यही दिशा तर्फ बिश्व शैक्षिक जगत अगाडि बढेको छ। तर हाम्रा बिश्वबिद्धालयहरु पुरानै ढर्राको मुल्यांकन प्रणाली अबलम्बनमै तल्लिन छ। सारमा कुनै परिवर्तन भएको छैन।  त्यही कापिको पानोमा कालो कलमको स्पर्शमा रनभुल्ल छ बिधालय , यसैमा उज्ज्वल भबिश्य खोज्ने महान हामी नेपाली ।

अहिले पोखरा विश्वविद्यालयले विद्यार्थीको भबिष्य बिग्रने भयो भन्ने लागेर कोरोना कहरकै बिचमा अनलाइन बाटै परिक्षा दिने चाजो मिलाएको छ। यो खुशीको कुरा हो ,परिस्थिति यस्तो बन्यो जहाँ विश्वविद्यालय प्रश्न बनाउदै छ ,म उत्तर घोक्दै छु, बुवाआमा नेपालटेलिकम र एनसेलसँग ऋृण सापटी माग्दै हुनुहुन्छ।

यहि तिम्रा थिति र हाम्रा लागि बेथितिका सन्दर्भमा केही प्रश्न गर्न सक्छु रजिस्ट्रार महासय? पक्कै मेरा यी प्रश्नको सितल उत्तर प्राप्त गर्नेनै छु।संस्था माथि नै प्रश्न गर्ने हैसियत मेरो नहोला तर यसै बिधालयको शिक्षार्थिको नाताले हाल अनलाइन परिक्षा प्रणालीमा म र म जस्तै विद्यार्थीको चित्त नबुझेका केही मुद्दाहरूमा औंला ठड्याउने साहस बटुलेको छु।

तपाइहरुलाइ ज्ञान हुनुपर्ने हो कृटिकल र एनलाइटिकल उत्तरको खोजी गर्ने तपाइका प्रश्नहरुलाई दुई घण्टे समय सिमामा मेरा उत्तरहरु पुस्तिकामा लेख्न सम्भब होला? तपाइलाइ त्यही प्रश्नलाई पुस्तकै हेरेर मागेको जति उत्तर दिन सक्नुहुन्छ ? बिज्ञान र सिद्धान्त सग जोडिएको प्रश्नको उत्तर पनि आफ्नै मौलिकतामा दिनु पर्ने हो भिसी ज्यु? त्यो ” Time bounded open book system” भन्या के हो? भिडियो कलमा मेरो सम्पूर्ण शरीर र उत्तरपुस्तीका देखाउनु पर्ने चिटिङग गर्न नपाउने पनि भन्नू भएको छ, ओपन बुक नै भएपछी यो चिटिङ किन गर्नुनै पर्यो? अनि फेरि पुस्तक सग मेल खायो भने परिक्षा नै रद्ध गर्ने सम्मको नियम छ रे हो रजिस्ट्रार ज्यु? दुई घण्टामा ६ वटा प्रश्नको उत्तरको निम्ति समय पर्याप्त होला? एउटा राम्रो कृटिकल उत्तर लेख्नको निम्ति कम्तीमा एक घण्टा लाग्छ यसरी हेर्दा सिधा लेख्दा ६ घण्टा लाग्छ, बिचमा खाजा खाने र सौचालयको समय तपाइँले छुट्टाउनु भयो? लाग्छ मेरो बिधालयले मुगु र इलामको मेरो साथिको भावना सम्बोधन गरेन, अझै यस्ता ठाउहरु छन जहाँ कुनै कम्पनीका टावरहरु मोबाइलमा टिप्दैनन।

सिंहदरबार र बालुवाटारमा 5G चलाउनेलाई जुम्लामा खाम भित्र चिठी राखेर छोरीको खबर बुझ्ने आमाको पीडा के थाहा । बाबा सग यो बन्दमा नुन तेल किनेर गर्जो टार्ने र दमको ओखती किन्ने पैसा नभएको बेला कसरी “zoom class” चल्ने मोबाइल किन्नको निम्ति तिसौ हजार पैसा  मागौ ? अनि इन्टरनेट जडानको लागि कसरी बिसौ हजार रुपैयाँ आमा संग मागौ?कि यो सबैको बिलको भुक्तानी लिन तपाइको ठेगाना लेखी पठाउ ?

यसको उत्तर पहिला तपाईं दिनुस् कुलपति ज्यु अनि दिउला तपाईंले तयार पारेका प्रश्नका शब्दै पिच्छेका उत्तरहरु । न तपाइको देशमा बत्तिको भर छ, न इन्टरनेटको ,हरेक कामको लागि मिनेटका आधारमा समयको निर्धारण गर्नुभएको छ । समस्या खडा भएमा के हुन्छ भन्ने कुराको कुनै बैकल्पिक उपाएको कुरा  तपाइको नियममा समाबेश नगरिदा हामी अलमलमा छौ। विद्यार्थीको भबिष्य उज्ज्वल बनाउने जिम्मा तपाईंको बिधालयको हो तर तपाईका अपरिपक्व र अप्राकृतिक नियमले धेरै विद्यार्थी   भबिष्य अन्योल बनाउने अधिकार तपाईंलाई छैन।


-सामना रेग्मी
विद्यार्थी
नेसनल ओपन कलेज ,काठमाडौं

कमेन्टहरु
Loading...