पोखरा महानगरपालिका वडा नं ३१ स्थित आनन्द ज्योति मा. वि मा राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा १२ को एस एल सी परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई वधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले सामुदायिक बिद्यालयलाई हेर्ने दृष्टिकोण बदल्नु पर्नेमा जोड दिए ।
बिद्यालयबाट १२ कक्षाको रिजल्टमा ३.५५ सर्वोत्कृष्ट जी.पी.ए. सहित ३.२ देखि माथि ३जना, २.८ देखि ३.२ सम्म ७ जना र १.७ जी.पी.ए. १ जनाले गरी जम्मा एघार जना अर्थात ८४.६२% विद्यार्थी उत्तीर्ण भएको र सो प्रतिशत साविक लेखनाथ क्षेत्रकै सर्वोत्कृष्ट प्रतिशत रहेको विद्यालयका प्रधानाध्यापकले जानकारी दिए ।
शैक्षिक वर्ष २०८१ मा नियमित तर्फ राम्रो नतिजा आएको बिद्यालय व्यवस्थापनका समितिका अध्यक्ष तीर्थराज अधिकारीले बताए । पोखरा महानगरपालिका ३१ का बडा सदस्य देवेन्द्रराज अधिकारी विद्यालय व्यवस्थापन समितिका सदस्य छविरमण तिवारी, विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारी, +२ संयोजक सत्यराज कडेल लगायतले बिद्यार्थीको आगामी भबिस्यको लागि शुभकामना व्यक्त गरे । बिद्यालय व्यवस्थापनका समितिका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक बसन्त पहारीले संचालन गरेका थिए ।