राजु गिरी ।
परिवर्तन नेपाल नामक संस्थाले आज जेठ २८ गते शुक्रबार पोखरा महानगरपालिका वडा नं. ११ र ३१ मा निशुल्क स्वाब संकलन गर्ने भएको छ । संस्थाले वडा नं. ११ को शिवशक्ति मावि फुलबारीमा र वडा नं. ३१ को आनन्द ज्योती मावि बेगनाशमा निशुल्क स्वाब संकलन तथा स्वास्थ्य परिक्षण गरिने भएको हो ।
माथीका स्थान वरपर कोही कसैलाई स्वास्थ्यमा समस्या छ र कोभिडको शंका लागेको छ भने निशुल्क शिविरको फाइदा लिनहुन क्लवका अध्यक्ष ढाका कुमार श्रेष्ठले आग्रह गरेका छन् ।
संस्थाले अहिलेसम्म पोखराका ६ वटा वडा तथा माछापुच्छ«े गाउँपालिकाको वडा नं. १ र ३ मा स्वाब संकलन गरिसकेको संस्थाका सचिव हरि कार्कीले जानकारी दिएका छन् । स्वाब संकलन बिहान ११ बजेबाट शुरु हुने र सेवाको उच्चतम प्रयोग गरिदिन समेत कार्कीले आग्रह गरेका छन् ।
स्वाब संकलनका साथमा संस्थाले अति विपन्न परिवारलाई राहत वितरण कार्य गरिरहेको संस्थाका सहसचिव अभिमन्यु पाण्डेले बताए । उनका अनुसार ५ लाख बढिको राहत वितरण भैसकेको र यो कार्य निरन्तर चलिरहेको छ । राहत वितरणका साथमा संस्थाले ‘राहत खाद्यान्न मोबाइल सेवा’ कार्यक्रम पनि अगाडी बढाएको पाण्डेले जानकारी दिए । अहिले दैनिक १०/११ जनालाई उक्त सेवा मार्फत खाद्यान्न वितरण गरिराखिएको उनले बताए ।