लेखनाथ । पोखरा महानगरपालिका वडा नंं ३० मा स्थापना भएको नागरिक परोपकार समन्वय संस्थालाई वि.पि.राहतकोष जिल्ला कार्यसमिति कास्की मार्फत आर्थिक सहयोग प्रदान गरिएको छ ।
विपतमा परेकालाई यथासक्य सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको नागरीक परोपकार समन्वय संस्थालाई नेपाली कांग्रेस नगर सभापति राजेन्द्रमणि लामिछानेले एक समारोहका विच संस्थाका अध्यक्ष राजेन्द्र ओझालाई रु. ३० हजार रुपैयाको नगद चेक हस्तान्तरण गरेका हुन् ।
शव वहान व्यवस्थापनको लागि रकम हस्तान्तरण गर्दे नेपाली कांग्रेस नगर सभापति राजेन्द्र मणि लामिछानेले सरकारात्मक सोचका लागि जिवनमा संकटको घडिमा हरेक व्यक्ति संघ संस्थालाई वि.पि. राहत कोष जिल्ला कार्य समिति मार्फत सहयोग गरेको बताए।
उनले हरेक संस्थाको सहयोगका लागि नेपाली कांग्रेस सदैव सकारात्मक सोचका अगाडी बढेको भनाइ राखे ।
सोही अवसरमा संस्थाका संरक्षक एवं पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले साझा सम्पत्ती साझा भएकाले सवैले आआफ्नो तर्फवाट शुद्ध मन र वचनले संस्थालाई सहयोग गर्नु पर्ने धारणा राखे ।
नागरीक परोपकार समन्वय संस्थाका अध्यक्ष राजेन्द्र ओझाले विपत् अवस्थामा जन्मेको संस्थालाई विस्तारै अगाडी बढाउने क्रममा विभिन्न सहयोगी मनले संस्थाको शव वहान (एम्बुलेन्स) व्यवस्थापनका लागि गरेको सहयोगको प्रशसां गरे ।
उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्दै संस्थाको भवन निमार्ण कार्य भइरहेको र संस्थाले मानविय जिवनमा आइपर्ने हरेक समस्याको समधानका लागि सदैव लाग्ने बताए ।