८ मन्त्रीसहित जसपा सरकारमा !

पोखरा । जनता समाजवादी पार्टी सरकारमा सहभागी हुन सहमत भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो ८ मन्त्री र २ राज्यमन्त्री सहित सरकारमा जान सहमत भएका हुन् ।

स्रोतका अनुसार जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा नेताहरु शरदसिंह भण्डारी,राजकिशोर यादव,उमाशंकर अरघरिया,अनिल झा, प्रमोद शाहलगायत मन्त्री बन्ने सम्भावना रहेको छ ।

पूर्व माओवादी केन्द्रका नेताले सम्हालेका गृहबाहेकका ६ वटा मन्त्रालय पाउने जसपाको भागमा परेको छ ।

यस्तै जसपाले दुई राज्यमन्त्रीमा रेणुका गुरुङ, चन्द्रकान्त चौधरीलाई राज्यमन्त्री बनाउने विषयमा छलफल जारी राखेको छ ।

कमेन्टहरु
Loading...