विरामीलाई अक्सिजन र औषधी अभाव हुन नदिन अनेरास्वबियु कास्कीको ध्यानाकर्षण

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कास्कीले अक्सिजन र आवश्यक औषधी अभाव हुन नदिन ध्यानाकर्षण गराएको छ ।

अक्सिजन अभावमा विरामीले मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै अनेरास्वबियुले तत्काल समस्या समाधानका लागि आवश्यक व्यबस्थापन गर्न प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्रीलाई ध्यानाकर्षण गराएको हो ।

अनेरास्वबियु कास्की अध्यक्ष विजय पौडेलको नेतृत्वको टोलीले बिरामीहरु का लागी आवश्यक अक्सिजन र औषधीजन्य सामाग्रीहरु को अभाव हुन नदिन र बिरामीहरु को उपचारमा उचित ध्यान दिन निर्देशक डा. खत्री लाई ध्यानाकर्षण गराएको हो ।

नागरिकको जीउ ज्यानको रक्षाका निम्ति राज्यका सबै पक्ष आआफ्नो ठाउँबाट लाग्नु पर्ने अनेरास्वबियु कास्कीका अध्यक्ष बिजय पौडेलले बताए ।

अनेरास्वबियु कास्कीले  बिरामीहरुको सहजताको निम्ति अस्पताल ब्यबस्थापन , अक्सिजन तथा औषधीजन्य सामाग्रीहरु को ब्यबस्थापन , एम्बुलेन्स सेवा, रगत ब्यबस्थापन, होटेल वा क्वारेन्टाईन ब्यबस्थापन लगायतका क्षेत्रमा अखिल हेल्पलाईन अभियान प्रभावकारी रूपले सन्चालन गरिरहेको छ ।

कमेन्टहरु
Loading...