पोखरा ।
पोखरा महानगरपालीका २४ , कास्कीकोटले वडा स्तरीय कोभिड नियन्त्रण तथा व्यवस्थापन समिती गठन गरेको छ । वडा अध्क्षय ओम प्रसाद सुवेदीको संयोजकत्वमा वडाका विभीन्न सामाजीक संघ संस्थाहरुका प्रतिनीधी सहित १९ सदस्य समिति गठन गरेको छ । समितीले वडा स्तरमा कोभिडका विरामीहरु आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ ।
जनप्रतिनिधी भएको चार वर्ष पुगेको अवसरमा अध्यक्षय सुवेदीले ४० हजार वडा सदस्य सन्तु सुवेदीले १५ हजार , सदस्य अग्निधर सुवेदीले २० हजार, सोमनाथ भट्टराईले १० हजार, मिना नेपालीले १० हजार रुपया कोभिड नियन्त्रण कोषमा प्रदान गरेका छन् । पहिलो चरणमा वडा स्थरमा रहेका महिला स्वास्थ्य स्वम्सेवीका तथा सरकारी कर्मचारीहरुलाई स्वास्थ्य सामाग्री वितरण समेत गरीएको वडा सचिव कुसुमराज सुवेदीले जानकारी दिए।
वडामा हाल शक्रीय कोभीडका विरामीलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरीरेहको र आगामी दिनमा कसैलाई थप स्वास्थ्य समस्या परेमा तत्काल आवश्यक पर्ने सवै उपकरणहरु वडाले व्यवस्थापन गर्ने वडा सदस्य अग्निधर त्रिपाठीले जानकारी दिए । वडा कार्यालले कोरोनाको संक्रमण तिव्र गतीमा फैलीएकोले अल्पकालीन तथा दिर्घकालीन योजना वनाउदै स्वास्थ्य सम्वन्धी नियमीत सामाजीक स।जालको परामर्शकोलागी हाम्रो कास्कीकोट युवा संजाललाई जिम्मा दिएको सुवेदीले वताए ।