मुख्यमन्त्रीलाई उद्धघाटन कै हतारो !

पोखरा । पोखरा महानरगपालिकाले तयार गर्दै गरेको आइसोलेशनको काम पुरा नहुँदै उद्धघाटन गरिएको छ ।

शुक्रबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वडा नं २७ को कार्यलय रहेको साविक लेखनाथ नगरपालिकाको भवनमा निमार्ण भैरहेको शिशुवा कोरोना अस्पतालको उद्धघाटन गरेका हुन् ।

No description available.

मुख्यमन्त्री गुरुङ आज उद्धघाटन गरेको अस्पताल पूर्णरुपमा तयार भइसकेको छैन । आंशिक रुपमा तयार बनेको अस्पताल पूर्ण रुपमा संचालनमा आउनका लागि अझै एकहप्ता लाग्नेछ । तर तयार नुहँदै मुख्यमन्त्रीबाट महानगरले उद्धघाटन गरायो ।

कोरोना संक्रमण बढेपछि निषेधाज्ञा जारी जिल्लामा अनावश्यक भीडभाड गर्न नपाइने भएपनि मुख्यमन्त्री उद्धघाटन कार्यक्रममा भीडभाड हुने गरेको भन्दै सर्वसाधारणबाट आलोचना हुने गरेको छ । केही दिन अघि मुख्यमन्त्रीले संक्रामक तथा सरुवा रोग अस्पताल परिसरमा सरुवा रोगको अर्को भवन र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शिलान्यासका कार्यक्रममा जम्बो टोली सहित पुगेपछि सामाजिक संजालमा निकै विरोध भएको थियो ।

पोखरा महानगरपालिका र लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बि वानको संयुक्त पहलमा बनेको अस्पतालमा एकसय बेड रहने छन् ।  यसअघि रहेको वडा नम्बर २७ को कार्यालय महानगरले भाडमा सारेको छ । ।

कमेन्टहरु
Loading...