ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानद्धारा विपन्न वर्गलाई स्वास्थ्य सामग्री

पोखरा । २५६५ औं बुद्ध जयन्तीको अवसरमा श्री ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानद्धारा पोखरा महानगरपालिका वडा नं १४ नयाँ वस्तीका विपन्न वर्गलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

कोरोना संक्रमणको जोखिमबाट सुरक्षित राख्नका लागि उक्त वस्तीका १३७ घर परिवारलाई रु ४० हजारको मास्क र डिटोल साबुन लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष सवि शेरचनले जानकारी दिए ।

प्रतिष्ठानका सल्लाहाकार गोविन्द नेपालीको समन्वयमा उक्त स्वास्थ्य सामग्री दोभान नमुना टोलविकास संस्थाका अध्यक्ष डिलबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो । अध्यक्ष गुरुङले कोरोना महामारीको अवस्थामा विपन्न परिवारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको भन्दै प्रतिष्ठानलाई धन्यवाद दिए ।

स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरिएको उक्त कार्यक्रममा संस्थाका सचिव लोकेन्द्र राई, सहसचिव रामचन्द्र सुनार, आमा समुहका अध्यक्ष सुस्मा परियार, खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष नारायण गुरुङ, सचिव सोममाया तामाङ लगाएको उपस्थिती रहेको थियो ।

सो कार्यक्रमको टोल विकास संस्थाका सल्लाहकार सन्तोष परियारले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...