केपी गुटले निस्कासित गरियो भन्नु हास्यास्पद : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आफुहरुलाई पार्टीबाट निस्कासन गरेको भन्नु हास्यास्पद भएको बताएका छन् ।

सामाजिक सञ्जाल टुइटरमा नेता रावलले निर्णयलाई केपी ओलीको फुटवाद नै निरन्तरता रहेको प्रतिक्रिया दिएका छन् ।

‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।’, नेता रावलले ट्विट गरेका छन् ।

कमेन्टहरु
Loading...