माधव-झलनाथसहित ११ जना एमालेको साधारण सदस्यबाटै निस्कासित

पोखरा । नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपाल,झलनाथ खनाल सहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ ।

नेपाल र खनाल सहित भीम रावल रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव,पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्कालाई साधारण सदस्यबाटै निस्कासन गर्ने निर्णय गरेको हो ।

 शनिवार स्पष्टिकरण मागिएका ११ जनालाई आज बसेको स्थायी कमिटी बैठकले पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै निस्कासन गरेको हो ।

कमेन्टहरु
Loading...