काठमाडौं । नेकपा एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल , पूर्व अध्यक्ष झलनाथ खनाल सहित ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुबाटारमा शनिवार बसेको बैठकले पार्टीविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका २६ मध्ये ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरेको हो ।
यि हुन् स्पष्टीकरण सोध्ने निर्णय भएका माधव समुहका नेता ।
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीमवहादुर रावल
४. मुकुन्द न्यौपाने
५. रामकुमारी झाँक्री
६. सरला यादव
७. पुष्पाकुमारी कर्ण
८. कलिला खान
९. निरादेवी जैरु
१०. लक्ष्मी कुमारी चौधरी
११. कल्याणी खड्का