परिवर्तन नेपालद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

पोखरा ।

परिवर्तन नेपाल नामक संस्थाले पोखरा १ सिम्पानी भन्दा थोरै तल रहेको कस्केरी भन्ने ठाउँका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरको छ । कोरोनाका कारण निशेद्याज्ञा जारी भैरहेको अवस्थामा त्यहाका ४० परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेको हो ।

काममा जान नसकेका अति विपन्न परिवारलाई चामल, नुन, तेल, आलुलगाएतका दैनिक प्रयोगमा आउने खाद्यान्न सहयोग गरिएको संस्थाका सहसचिव तथा कार्यक्रम सहसंयोजक अभिमन्यु पाण्डेले जानकारी दिए ।

संस्थाले पोखराका विभिन्न वडामा निशुल्क स्वाब संकलन तथा स्वास्थ्य चेकजाँच कार्यक्रम पनि गर्दै आएको छ ।

कमेन्टहरु
Loading...