पोखरा\राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रधानमन्त्रीको दावीमा शेर बहादुर देउवाको र केपि शर्मा ओलीको दावी नपुगेको भन्दै मध्याबधी निर्वाचन घोषणा गरेसँगै काँग्रेस ,माओबादी ,जसपा, एमाले माधब समुह र राष्ट्रीय जनमोर्चाका नेताहरु यतिबेला नयाँ बानेश्वरमा बैठक बसिरहेका छन् ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा ,माओबादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधब नेपाल ,जसपा नेता डा.बाबुराम भट्टराई लगायतका नेताहरुको सहभागिता रहेको छ । बैठकले राष्ट्रपतिको कदम बारे बिपक्षी गठबन्धनको धारणा सार्वजानिक गर्ने बुझिएको छ । बिपक्षी दलका नेताहरुले सामाजिक संजाल मार्फत पनि राष्ट्रपतिको कदमको भत्र्सना गरेका छन् ।
नयाँ बानेश्वरमा बसेको बैठकले निर्णय भने के गर्छ ? हेर्न बाँकी नै छ ।