संयुक्त सरकारको नेतृत्व आँफुहरुले गर्न पाउनुपर्ने जसपाको दावी

पोखरा\जनता समाजबादी पार्टीभित्र केहि समयदेखि चलेको बिबाद तत्कालको लागि अन्त्य भएको हो । सत्ता समिकरणको बिषयलाई लिएर जनता समाजबादी पार्टीमा केहि समयदेखि पार्टीका दुई अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादब समुहको बिचमा बिबाद पैदा भएको थियो । पार्टीका अध्यक्षहरुमा आएको बिबादले पार्टी बिभाजनको संघारमा पुगेको थियो । महन्थ ठाकुर र उपेन्द्र यादब बिच भएको छलफलले जसपा बिभाजनलाई तत्कालको लागि भने रोकेको छ ।
यादब र ठाकुर जसपाकै नेतृत्वमा नयाँ सरकार निर्माणको लागि सहमत भएसँगै जसपा बिभाजन रोकिएको हो । आफ्नो नेतृत्वमा सरकार नबनेको अवस्था पार्टी सरकारमा नजाने भन्दै जसपाले निर्णय गरेको छ । नयाँ सरकार गठनका लागि जसपाले आफ्नो नेतृत्वमा सरकार बनाउन अन्य दलसँग पनि छलफल जारी राख्ने निर्णय गरेको छ ।
पाँच नम्बर प्रदेशको सत्ता समिकरणमा कारबाहि भोगेको जसपाका सदस्यहरुलाई सर्बोच्च अदालतले बदर गरिदिएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा सार्वजानिक गर्दै दुई अध्यक्षले जारी गरेको बिज्ञप्ती यसप्रकार छ ।

कमेन्टहरु
Loading...