नेपालओली र प्रचण्डदेउबा भेट जारी

पोखरा\प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेलगत्तै बहुमतको सरकार गठनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारीले दिएको समयसिमा सकिनै लाग्दा राजनीतिक दलका नेताहरु बिचको भेटघाटले तिव्रता पाएको छ । एकातिर अहिले प्रधानमन्त्री केपि शर्मा ओली र नेकपा (एमाले)का बरिष्ठ नेता माधब कुमार नेपालको बिचमा भेटघाट भईरहेको छ । भने अर्कोतिर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एनेकपा(माओबादी) का अध्यक्ष प्रचण्डको बिचमा भेटघाट चलिरहेको छ ।
अहिलेको अवस्थामा माधब नेपाल पक्षले राजिनामा दिएको अवस्थामा वा जनता समाजबादी पार्टीले मत दिएको अवस्थामा मात्र गठबन्धनको सरकार बन्ने देखिन्छ । सरकारमा सहभागिताको बिषयलाई लिएर जनता समाजबादी पार्टीमा दुई खेमा रहेको छ । केहि समय अगाडी देउवा निवासमा भएको बार्ता नमिलेको भन्दै जनता समाजबादीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महत्तो बार्ता छाडेर बाहिरिएका छन् । बिशेष स्रोतका अनृुसार महत्तो र ठाकुर निकट १३ सांसदहरुलाई एक रिसोर्टमा राखिएको छ ।
यता माधब नेपाल लगायतका चार नेताहरुमाथी गरेको कारबाहि फुकुवा गर्दै ओली पक्षले नेपाल पक्षलाई मनाउने तयारी गरिरहेको छ । नेपाल ओली बार्ताको नतिजा के हुन्छ । र जनता समाजबादी पार्टीको नयाँ सरकार निर्माणमा के भुमिका हुन्छ भन्ने बिषयले कसको सरकार बन्छ भन्ने कुराको निर्धारण गर्ने देखिन्छ ।

कमेन्टहरु
Loading...