किर्ते शासकको जालसाजी बालहठलाई बिदाइ गरौं

  •  बिनोद लामिछाने
अहिले देश दुई थरी महामारीको प्रकोपले आक्रान्त छ । एकातिर बिश्वभरी फैलिरहेको कोरोना भाइरसको दोस्रो लहरले देश आक्रान्त छ भने अर्कोतिर देशको सबैभन्दा असफल, अदुरदर्शी ,कृतघ्न ,असहिष्णु र हद दर्जाको सत्ताभोगी बर्तमान शासक र उनीद्वारा सिर्जित अस्वभाबिक बालहठले मुलुक आक्रान्त छ । कोरोनाको महामारी विरुद्ध जुध्नु पर्ने देश अहिले देशको प्रधानमन्त्री केपी ओली उर्फ किर्तेप्रसाद ओलीको गैर-राजनैतिक हर्कतका विरुद्ध जुध्नुपर्ने बिबशतामा रुमल्लिरहेको छ ।
कोरोनाका कारण यतीबेला देश भित्र रहेका अस्पतालमा बेड र अक्सिजन नपाएर हजारौं नागरिकहरु मृत्यु शैयामा छटपटाइ रहेका छन। कयौं नागरिकले बेड र अक्सिजनको अभाबमा मृत्युुबरण नै गरिसके, तर देशको बागडाेर समालिरहेका प्रधानमन्त्री केपी ओली आफ्नो सत्ता र स्वार्थ बचाउनका लागी जे गर्न पनि तयार छ्न । यो बेला देशका हरेक राजनैतिक शक्तीसँग मिलेर कोरोनाको माहामारी विरुद्ध जुध्ने साझा योजना र संकल्प सहित एक ढिक्का भएर अघि बढ्नुपर्ने बेलामा ओली सरकार भने संसद अपहरण , संसद खरिद बिक्रि , जालसाजी, हद बेइमानी, अरुको पार्टी फुटाउने, किर्ते गर्ने, निलम्बन ,कारबाही ,विघटन त कहिले भारतिय गुप्तचर सामन्त गोयलसँग गुप्तबास बस्ने, कहिले महन्थ ठाकुरको खुट्टा ढोग्ने, त कहिले शेरबहादुर देउवासँग लम्पसार पर्नमै मस्त छ … बस ! ओलीको सिद्धान्तले अरु भर्सेला नै परोस तर कुर्सी बचाउ मात्रै भनिरहेछ । आफ्नो प्रदुषित भैसकेको सत्ता जसरी पनि बचाउने एकमात्र ध्ययेका साथ केपी ओलीले यी सबै कु-कर्म, अराजकता र गैर-राजनैतिक गतिविधि गरिरहेका छन् । उनी ‘रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछन्’ शैलीमा आफ्नै हठको बाँसुरी धुनमा बालुवाटारमा निर्लज्ज नाचिरहेछन।
ओलीमा कुर्सी मोह यती बिघ्न छ की ,उनले आफ्नो र आफ्नाको कुर्सी बच्ने र बचाउने शर्तमा हरेक र जस्तासुकै कदमहरु चाल्न तयार छन । यही चक्करमा उनले झण्डै दुइ तिहाइ नजिक रहेको नेकपालाई सके । कम्युनिस्टहरु बिचको सहकार्यलाई सके । लामो समयदेखी सँगै रहेका आफ्नै पार्टी भित्रका सहकर्मीहरु सके । बलियो एमालेको साङ्गठनिक बिरासतलाई सके । नेपाली जनताको लामो संघर्षले लेखिएको लोकतान्त्रिक संबिधानको मर्म सके, र अहिले पनी प्रत्येक दिन उनले एकएक गरी संविधानका पानाहरु च्यातिरहेका छन । हरेकलाइ सक्नु नै उनको ध्याउन्न हो । उनको यही हरेकलाइ ‘सक्ने’ अभियानले देश नै सकिने अबस्थामा पुगेको छ । हुन त यो सक्ने अभियानमा उनी एक्लै छैनन । उनका यस्ता हरेक अलोकतान्त्रिक र असंबैधानिक हर्कतलाई आँखा चिम्लेर समर्थन गर्ने र लाहाछाप लगाउने महामयिम रास्ट्रपतिको अस्वभाबिक भुमिकाले उनी अझै भस्मासुर बन्ने दिशामा उन्मुख छन ।
त्यसो त ओलीमा म नरहे देश सबै सकिन्छ भन्ने मनोगत र कपोलकल्पित दिग्भ्रम रहेको छ । तर आमजनको नजरबाट हेर्दा ओली शासन अझ रहनैपर्छ भन्ने कुनै एक पनी कारण छैन । त्यो भएपनी चित्त बुझाउने बाटाे हुने थियो । ओलीको शासनकाल प्रारम्भ देखी अहिले उत्तारार्धसम्म आइपुग्दा अभुतपुर्ब काण्डै काण्डकाे भिमकाय पहाडले थिचिएको छ । सुन काण्ड, यती ,ओम्नी काण्ड, वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्डमा आफ्ना खोपीका बिष्णु पौडेललाई उन्मुक्ति दिने काण्ड, निर्मला हत्या काण्ड, सत्तरी करोड काण्ड, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमिता काण्ड र अहिले भ्याक्सिन खरिद प्रकरणमा कमिसन काण्ड । यी सबै ओली सरकारले देशमा सिर्जना गरेका बिषाक्त र कुपोषित बायाेप्रोडक्ट हुन । अझ ओली शासनकालकै अबधीमा एक सय पचास प्रतिशतसम्म दैनिक उपभोग्य सामानको महँगी र दिनहुँ जसो पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि देशले कदापी बिर्सने छैन ।
ओली अझ सक्ने मनस्थितिमा छन । जे सुकै गरेर भए पनी आँफु रहने र आँफु नरहने स्थितिमा “न रहे बाँस न बज्यो मुरली “भने झैँ देशलाई अराजकता र अस्थिरताको डरलाग्दो खाल्डाेमा फसाएर मात्रै आफु निस्कने कु-कृत मनोबिज्ञानका साथ केपी ओली अघी बढिरहेका छन । ओली एकातिर अबको चुनाबमा नेपाली काङ्ग्रेसले बहुमत ल्याँउछ पनी भन्ने र अर्कोतिर मध्याबधी चुनाब गर्नुपर्छ पनी भन्ने अभिव्यक्ति दिइरहेका छन । सत्ताका निम्ति आफ्नो बनिबनाउ घरलाई डढाएर दुइ चिम्टि खरानीमा रमाइरहेका ओलीले काङ्ग्रेसले बहुमत ल्याउने चुनाब गर्छन त ? कुरा प्रष्ट छ, ओलीले देशलाइ संसद बिहिन र संविधान बिहिन बनाएर सत्ताको पगरीलाइ निरन्तर पहिरने दाउमा छन । त्यसैले यो स्थितिमा सबै अग्रगमनकारी शक्ती र लोकतान्त्रिक शक्ती एक भएर कोरोना महामारी र ओली महामारी विरुद्ध एकै साथ जुध्ने संकल्प र योजना सहित अघी बढ्नु जरुरी छ । सायद दुनियाँको इतिहासमै सत्ताको लागी जे पनी गर्न उद्दत बिरलै शासक मध्येका एक ओलीको राजनैतिक अबसान पनी दुखद: नै हुनेछ । कोरोना महामारीको मारले थिचिएको देश अब एकदिन पनी ओलीको बदनियत पुर्ण शासन शोख र शैलीको मारमा पिल्सिन सक्दैन । देशमा हुर्कदै गरेको छाेटे प्रतिगमनलाई सकेसम्म छिटो बिदाइ गरौं ।
कमेन्टहरु
Loading...