माओवादी केन्द्रले फिर्ता लियो सरकारको समर्थन (पत्र सहित)

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएको जानकारी नेकपा (माओवादी केन्द्र) ले आज संसद् सचिवालयलाई गराएको छ ।

संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गरिएको माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । माओवादी केन्द्रले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

 

 

कमेन्टहरु
Loading...