पोखरा ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान जारी गरेको विज्ञप्ती अनुसार पोखरामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका केही वडा बाहेक सबै वडामा कोरोना संक्रमण देखिएको हो । आज देखिएको संक्रमण बिहान ११ः३० बजेको हो ।
हिजो मात्रै पोखरामा अहिलेसम्मकै उच्च वृद्धि भएको थियो । हिजो मंगलबार पोखरामा ३ सय ९ जनामा संक्रमण पुष्टि भएको थियो ।