पोखरा । गण्डकी प्रदेश सभाका सांसद खिम बिक्रम शाहीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
चरक अस्पतालमा उपचाररत शाहीको दुई फरक रिपोर्ट आएपछि पछिल्लो पटक बुधवार साँझ अस्पतालमै स्वाब लिएर सरकारी प्रयोगशालामा परीक्षणका लागी लगिएको थियो ।
उक्त परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । बुधवार दिउँसो अस्पताल भर्ना भएका उनको स्वास्थ्य स्थिती सामान्य रहेको अस्पतालले जनाएको छ ।