नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, आसन्न १४ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न कांग्रेसले स्थायी समितिको बैठक आह्वान गरेको थियो । तर पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताका पिएसओ, चालक लगायतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आजको बैठक स्थगित गरिएको हो ।

कमेन्टहरु
Loading...