पोखरा । गायक तारापति सुवेदी र गायिका शान्ती श्री परियारको स्वरमा रहेको गीत ‘घाम चर्केको छ’ को अफिसियल भिडिओ सार्वजनिक भएको छ ।
गायक सुवेदीको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक सो गीतमा विमल अधिकारी र अन्जली अधिकारीले अभिनय गरेका छन् ।
गीतमा शब्द र संगित गायक सुवेदी स्वयम्ले गरेका हुन् । एरेन्ज विनोद बाजुरालीले गरेका हुन् ।