काठमाडौं । आज बसेको जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी चलिरहँदा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको आजको जसपाको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
जसपासंग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने वा नल्याउने भन्ने विषयमा औपचारिक निर्णय गर्न जसपासंग माग गरेका थिए ।
सोही विषयमा निर्णय गर्न आज बसेको पार्टीको बैठक बिना निष्कर्ष सकिएको बैठकमा सहभागी १ जना नेताले बताएका छन् । जसपाको बैठकमा महन्थ ठाकुरसहित डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ तथा अशोक राई सहभागी थिए ।
जसपामा अहिले ओली नेतत्वको सरकारलाई साथ दिने कि नदिने भन्ने विषयमा पार्टीका नेताहरु २ धारमा बाँडिएका छन् । डा.भट्टराई तथा यादव पक्षीय नेता ओलीलाई कुनै पनि हालतमा साथ नदिने पक्षमा छन् भने ठाकुर तथा महतो सरकालाई साथ दिने पक्षमा देखिएका छन् ।
ओली नेतृत्वको सरकारलाई ठाकुर तथा महतोले साथ दिएको अवस्थामा यादव र डा.भट्टराई पक्षले माओवादी केन्द्र तथा नेपाली कांग्रेसले ल्याउने अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तयारी गरेको बुझिएको छ ।