मदनकृष्णलाई जन्मदिनमा नमिठो उपहार, परिवारै कोरोना संक्रमित

गन्थन डेस्क

 मदनकृष्ण श्रेष्ठ सहित सम्पूर्ण परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

श्रेष्ठले स्टाटसमा ‘म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना पोजेटिभ देखिएको छ’ लेखेका छन् ।

उनले कोरोनालाई खेलाँची नगरी भाइरसबाट सतर्क रहन आग्रह गर्दै जन्मदिनको शुभकामना दिने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...