दोलखामा बोलेरो दुर्घटना हुँदा ४ को ज्यान गयो, १८ घाइते

दोलखा । दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने १८ घाइते भएका छन् ।

दोलखाको सिंगटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताएका छन् ।

ज्यान गुमाउनेमा बिगु गाउँपालिका–३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् । दुर्घटनामा परी वडाध्यक्षसहित १८ जना घाइते भएका छन् ।

घाइतेको काठमाडौंको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रासस

कमेन्टहरु
Loading...