मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर १ दम्पत्तीको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिएका छन् ।
उनका अनुसार बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
मृतक दम्पतीको शव हाल हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।रासस