कोरोनाबाट बुटवलमा २ जनाको निधन

बुटवल । रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट २ जनाको निधन भएको छ ।

जिल्लाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस संक्रमणबाट २ जनाको ज्यान गएको हो । बुटवलमा पछिल्लोपटक कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेमा रुपन्देही कै तिलोत्तमा नगरपालिका वडा नम्बर १ की ७१ वर्षीय महिला रहेकी छिन् । उनको उपचार कै क्रममा आज बिहान ७ बजेर २३ मिनेट जाँदा निधन भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् ।

त्यस्तै सोही अस्पतालमा प्युठानको स्वर्गद्वारी ९ का ४३ वर्षीय पुरुषको समेत कोरोनाबाट ज्यान गएको छ । उनको आज बिहान ५ बजे निधन भएको हो । चैत १० गते पिसिआर परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

कोरोना संक्रमणबाट ज्यान गुमाएका दुवै जनालाई निमोनियाको समस्या रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...