भोजपुर । चार्जमा राखेको मोबाइल पड्किदा १ जना महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाई छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले २ केजी गाँजासहित १ जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ कोप्चेबाट २३ वर्षीय मनिश तामाङलाई पक्राउ गरेको हो । रासस