सुर्खेतको सिस्नेरीमा आगलागी, ९ वटा घर नष्ट

सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट ९ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न ४ बजेतिर आगलागी भएको हो । ८ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिएका छन् । उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।

‘बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन् ।’ वडाध्यक्ष कार्कीले भने, ‘प्रहरी र स्थानीयवासी खटिएपछि आगो निभाइएको छ ।’ सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...