प्युठान । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा १ गोठमा आगलागी हुँदा २ जना बालबालिकाको निधन भएको छ । आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको निधन भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिएका छन् । घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाई छ ।
