अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ ।
अभिनेता प्रेमी रणवीर कपूर कोभिडबाट मुक्त भएको केही साता बित्न नपाउदै आलियाले इन्स्टाग्राममा आफू कोरोनाको संक्रमणमा परेको जानकारी दिएकी छन् ।
‘हेलो, म कोभिड संक्रमित भएकी छु । म घरमै छु र मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । चिकित्सकको निर्देशन अनुसार सबै कोभिड नियमलाई पालना गरिरहेकी छु । तपार्इंहरु सबैको प्रेम र सहयोगका लागि धन्यवाद । सबैले स्वास्थ्यको ख्याल गर्नुहोला’, उनले लेखेकी छन् ।