काठमाडौं । निर्देशक एवं कलाकार दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक ह्याक भएको छ । बिहीबार दिउँसो उनीहरूको फेसबुक ह्याक भएको कलाकार दीपकराज गिरीले जानकारी दिए ।
पहिला सरोज खनालको फेसबुक ह्याक भएको र सोहीमार्फत ह्याकरले दीपाश्रीको फेसबुक ह्याक गरेको अभिनेत्री दीपाश्री निरौलाले बताईन् ।
निर्देशक निरौलाले सरोज खनालको फेसबुकबाट एउटा कोड पठाउन अनुरोध भएपछि आफूले कोड पठाएको बताए । त्यसलगत्तै फेसबुक ह्याक भएको उनको भनाइ छ ।
ह्याक भएको फेसबुकमार्फत पैसाको माग भइरहेको निरौलाले बताईन् । कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा एक स्टाटस राख्दै ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको उल्लेख गरेका छन् ।
फेसबुक ह्याक भएपछि अभिनेता खनाल र निर्देशक निरौला प्रहरीको साइबर ब्यूरोमा जान लागेका छन् ।