चार्जमा लगाएर चलाउने क्रममा मोबाइल पड्किएर ज्यान गयो

डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा १ जना किशोरीको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर ज्यान गएको हो ।

मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरत थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ । रासस

कमेन्टहरु
Loading...