गन्थन डेस्क
बाँकेः चैत १ गते राति बर्दिया बढैयाताल वडा ३ स्थित दिपक सुनारको गोठबाटै बाख्रा र खसी हरायो ।
बाख्रा र खसी हराएपछि उनले इलाका प्रहरी कार्यालय मैना पोखरामा खबर गरे । प्रहरीले बाख्रा र खसीको हुलियासहित अन्य प्रहरी कार्यालयमा खबर गरे । खबर सर्कुलर भएपछि भोलीपल्ट जिल्ला प्रहरी कार्यालय बाँकेले २ जनालाई पक्राउ ग¥यो ।
प्रहरीले बाँके, खजुराका २२ वर्षीय हर्षबहादुर पोखरेल र बर्दिया बाँसगढीका १९ वर्षीय प्रदिप सुनारलाई पक्राउ गरेको हो । उनीहरुले बाख्रा र खसी चोरेपछि अटोरिक्सामार्फत लगिरहेको बेला कोहलपुरको चप्परगौडीमा प्रहरीले साँझ ५ बजेभेटेको थियो ।
पक्राउसँगै प्रहरीले १ थान बाख्रा, १ थान खसी र भे १ ह ४४४३ नम्बरको अटोरिक्सासमे बरामद गरेको छ । बाँके प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीकालागि बर्दियाको इलाका प्रहरी कार्यालय मैनापोखर पठाएको जनाएको छ ।
तस्बिर साैजन्य, जिप्रका बाँके