गाडीको टायर पड्किएर दुर्घटना हुँदा १ जनाको ज्यान गयो, ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा गाडी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् ।

आज बिहान ७ बजेको समयमा पूर्वपश्चिम राजमार्गमा पर्ने कुष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरिया महेन्द्रनगरबाट धनगढी जाँदै गरेको वींगर गाडीको टायर पड्किँदा दुर्घटना भएको हो । म १ ज २४३ नम्बर वंगर गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेमा ७७ वर्षीय मन्दिरादेवी पन्त रहेकी छिन् । उनी डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ की बासिन्दा थिइन् ।

दुर्घटनामा घाइते भएका अन्य ६ जनाको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...