बर्दियामा निउरो टिप्न गएकी महिलालाई पाटेबाघले लग्यो

बर्दिया । बर्दियामा निउरो टिप्न गएकी १ जना महिलालाई पाटेबाघले लगेको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीय डल्ली रावतलाई निउरो टिप्न जाँदा पाटेबाघले लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जानकारी दिएको हो ।

राष्ट्रिय निकुञ्जका अनुसार निउरो टिप्न ३ जना महिला एकसाथ गएका थिए । सोही क्रममा रावतलाई पाटेबाघले लगेको निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाका अनुसार उनको खोजी अहिले जारी छ । बर्दिया राष्ट्रिय निकुञ्ज र नजिकका क्षेत्रबाट बाघको आक्रमणबाट ९ जनाले ज्यान गुमाइसकेका छन् ।

कमेन्टहरु
Loading...