काठमाडौं । नेपालमा रहेका मुस्लिमहरुको पनि अब सुचीकृत गरिने भएको छ ।
मुस्लिम समुदायमा समेत विभिन्न थरहरु हुने भन्दै समुदायलाई पहिचानमा ल्याउनका लागि राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सुचीकृत गर्ने निर्णय गरेको हो । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीका अनुसार पाल्पासहित, मोरङ, सुनसरी, पर्सा, बाँके, सप्तरी लगायतका जिल्लाहरुमा मुस्लिमका विषयमा अध्ययन गरिएको थियो ।
उनले २०७६/७७ को वार्षिक प्रतिवेदनका विषयमा सञ्चारकर्मीसंग कुराकानी गर्दै हालसम्म अध्ययन गरिएको जिल्लाहरुबाट मुस्लिम समुदायका ४५ वटा थर फेला परेको जानकारी दिएका छन् ।
यो विषयमा अझै केही अध्ययन गर्न बाँकी रहेको र अध्ययन सकिएपछि थप तथ्यहरु सार्वजनिक गरिने उनले बताएका छन् ।