मेलिना र नरेन्द्रको गीतमा आकाश र पुजा

पछिल्लो समयका बहुचर्चित जोडी आकाश श्रेष्ठ र पुजा शर्मा अभिनित नयाँ गीत प्राण पियारीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायिका मेलिना राई र गायक नरेन्द्र वल्लभ पन्थको आवाज रहेको रोमान्टिक डान्स गीत प्राण पियारी मा डिपी खनालको शब्द रचना, शंकर थापा स्माईलको संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ।

उत्सव दाहालको छांयांकन तथा विकास दाहालको सम्पादन रहेको भिडियोमा प्रमोद के. भण्डारीको नृत्यनिर्देशन रहेको छ ।

जया शर्मा क्रियटिभ निर्देशन रहेको प्राण पियारीलाई चर्चित चलचित्र तथा म्य्जिक भिडियो निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेका छन् ।

म्युजिक भिडियोलाई डश म्युजिक नेपालको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कमेन्टहरु
Loading...