‘अर्जुन रेड्डी’ नेपाली भर्सनको लिड कलाकारका लागी अडिसन हुँदै

सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यति बेला नेपाली रिमेकको लागी चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ ।

निर्माण तथा बितरणको लागी अुनमती लिएको युवा फिल्म्सले अहिले चलचित्रको लागी कलाकारको अडिसन गर्ने तयारी गरिरहेको छ । चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछ्न् । करिब १ वर्ष अघि नै निर्माण घोषणा भएता पनि कोरोनाका कारण चलचित्र केही समय पछि सरेको थियो ।

चलचित्रको लागी मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ । केही महिना अघि नै अर्जुन रेड्डीको रिमेक बन्ने समाचार बाहिरिएको थियो । यो चलचित्रमा केही नायकहरुको नाम समेत जोडिएको थियो । युवा फिल्म्सको अनुसार केही दिनमै अडिसन गरिनेछ भने अडिसन दिनको लागी [email protected] मा इमेल गर्न आग्रह गरेका छन् ।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए ।

चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै राम्रो व्यापार गर्न सफल भएको थियो । बलिउड अभिनेता साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो ।

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दै छन् ।

कमेन्टहरु
Loading...